
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यू.) निर्वाचन सुनिश्चित गर्न माग गर्दै ने.वि.संघका विद्यार्थीहरुले एन.आर. कलेज, नेपलटार कलेजमा तालाबन्दी गरेका छन्। विद्यार्थीहरुले कलेज प्रमुख, प्रशासन प्रमुख र लेखा शाखा लगायतका कार्यालयहरुमा तालाबन्दी गर्दै कलेज प्रशासनले निर्वाचन नगर्न खोजेको आरोप लगाएका छन्।
ने.वि.संघका विद्यार्थीहरुले जारी प्रेस विज्ञप्तिमा कलेजमा भइरहेका अनियमितताहरु सार्वजनिक गर्दै, निर्वाचन सुनिश्चितता, कलेज प्रमुख र प्रशासन प्रमुखको राजिनामा, विद्यार्थी कल्याणकारी कोषको स्पष्टिकरण, अनियमित कर्मचारीको निष्कासन, पुस्तक खरिदमा भएका घोटालाको छानबिनलगायतका माग राखेका छन्।
विद्यार्थी नेताहरुका अनुसार, प्रशासनले चुनाव रोक्न बारम्बार दबाब दिँदै आएको र कलेजमा हुने सम्भावित अनियमिततामा स्व.वि.यू.ले हस्तक्षेप गर्ने भएकाले निर्वाचन गराउन नचाहेको स्पष्ट देखिएको छ। यदि प्रशासनले आश्वासन मात्र दिने तर चुनाव गराउने पक्षमा नउभिने हो भने त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी कलेज प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको छ।
यस्तो छ विज्ञप्ती