काठमाडौं । उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ।

पक्रिया पुरा गर्नका लागि उनलाई आइतबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।

उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म सोही कारगारमा रहने छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय