
काठमाडौं । कक्षा १२ को परीक्षा वैशाख ११ गते देखि सञ्चालन हुँदै छ । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ ।
राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन् । ‘आन्दोलन रोकिएन भने प्रभावित हुन्छ । परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक हो । तर, सरकार र शिक्षकको संवाद निष्कर्षमा पुग्छ भन्ने विश्वास छ’, उनले भने ।
बोर्डले परीक्षाको तयारी पूरा गरेको उनले बताए । शिक्षकले परीक्षा नरोक्ने उनले विश्वास व्यक्त गरे । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी छन् । उनले पनि परीक्षा नरोकिने बताए । ‘क्यालेन्डर बनाएर काम गरेका छौं । यो मितिमा परीक्षा हुने एक वर्षअघि नै थाहा थियो । परीक्षा प्रभावित हुँदैन भन्ने विश्वास छ’, उनले भने ।