काठमाडौं । बिहीबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । अघिल्लो दिन अर्थात बुधबार रेकर्ड बनाएको सुनको मूल्यले यस दिन सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेको हो। बुधबार यस्तो सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय