काठमाडौं । बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूइँपुल नजिक आइतबार दिउँसो टिपर र कार ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
निजगढबाट पथलैयातर्फ गइरहेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आएको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा सर्लाहीका जितनारायण साह र नारायणहरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि प्रसूति अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि टिपर चालक फरार भएका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






