काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको वि एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल र व्राञ्चल क्यान्सर अस्पतालका रोक्का खाताहरू फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ ।

तीनकुनेमा गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडपछि फरार प्रसाईँको व्यक्तिगत तथा संस्थागत खाता रोक्का गरिएको थियो ।

अस्पतालतर्फबाट डा. अञ्जली कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले खाता फुकुवा गर्न आदेश दिएको हो । साथै, सर्वोच्चले नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीहरूसँग कारण देखाउन आदेशसमेत मागेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय