काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दुर्लभकुमार थापाको निधन भएको छ । उनको मंगलबार निधन भएको नेपाल प्रहरीले जनाएको छ।

उनले २०३५ साउनदेखि आइजिपीको कार्यभार सम्हालेका थिए। उनी २०३९ जेठसम्म नेपाल प्रहरीको आइजिपी बने । पाटनस्थित निवासमै उनको निधन भएको नेपाल प्रहरीका डिआइजी दिनेश आचार्यले बताए।

उनको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिने बताइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय