काठमाडौं । नेपाल प्रहरीका आईजीपी दीपक थापाले जेठ १५ गते पूर्वराजा समर्थकहरूले गर्न लागेको प्रदर्शनमा चैत १५ गते तीनकुनेमा भएको घटना नदोहो¥याउन निर्देशन दिएका छन् ।

आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा उपत्यकामा कार्यरत कार्यालय प्रमुख र युनिट इन्चार्जहरूलाई निर्देशन दिँदै आईजीपी थापाले चैत १५ मा राजावादीहरूले गरेको प्रदर्शनमा जस्तो कमजोरी नगर्न निर्देशन दिएका हुन् ।

जेठ १५ मा मुलुकले गणतन्त्र दिवस मनाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र पूर्वराजा समर्थकहरूले काठमाडौँमा प्रदर्शन गर्दैछन् । त्यस्तै, उपत्यकामा सादा पोसाकमा खटिने प्रहरीलाई सूचना प्रदर्शनकारीहरूको निगरानी गर्न उनले निर्देशन दिएका छन् ।

ब्रिफिङमा सहभागी एक जना अधिकृतले रातोपाटीसँग भने, ‘प्रदर्शनको दिन नजिकिएको भन्दै आईजीपी सा’पबाट हाई अलर्टमा रहन निर्देशन भएको छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय