
काठमाडौं । शनिबार लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहारबाट घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार हुँदैछ । गुरुङ वेशीसहर नगरपालिका वडा नम्बर–१ को अध्यक्ष समेत हुन् । जिल्ला अधिवेशन उद्घाटनको क्रममा उनीहरूलाई तरुण दलकै अर्को समूहले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते भएका अरू ३ जना डिस्चार्ज भएका छन् । खुकुरी प्रहारमा संलग्नहरूलाई पक्राउ परेका छैनन् । घटनमा संलग्नहरूको खोजी भइरहेको लमजुङका डीएसपी रेशम बोहराले जानकारी दिए ।
गण्डकी प्रदेशका मन्त्रीद्वय टकराज गुरुङ र भेषबहादुर पौडेल झडप हुँदा घटनास्थलमा नै थिए । उनीहरू दुवैले फरक समूहको प्रतिनिधित्व गर्छन् ।