गोरखा– नितान्त सामाजिक सेवाको उद्देश्यले २०८१ साल चैत २५ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट दर्ता भएको मुनलाइट सोसाइटी नेपालले स्थापना भएदेखि नै विभिन्न सामाजिक सेवाका गतिविधि गर्दै आएको छ।

सस्थाले आर्थिक अभावमा परेका बिरामी बालबालिका, वृद्धवृद्धा, महिला तथा प्राकृतिक प्रकोपबाट पीडितहरूलाई सहयोग प्रदान गर्दै आएको छ। साथै, इजाजत प्राप्त विभिन्न संस्थासँग सहकार्य गरी रक्तदान कार्यक्रम, सरसफाइ अभियानलगायतका क्रियाकलापहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ।

सस्थाका अध्यक्ष विशाल भट्टका अनुसार, आगामी दिनहरूमा गोरखाका दुर्गम क्षेत्रहरूमा जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य सेवा, बालबालिकालाई शैक्षिक सामग्री वितरण, तथा स्थानीय महिला समूह, बाल क्लब, आमा समूहहरूलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै अझ सक्रिय बनाउने लक्ष्य लिइएको छ।

सस्थाले सम्बन्धित स्थानीय निकायहरूसँग सहकार्य गर्दै पछाडि परेका समुदायहरूलाई प्राथमिकता दिई उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने योजना अघि सारेको छ।

अध्यक्ष भट्टले समाजसेवामा इच्छुक व्यक्तिहरूलाई संस्थासँग जोडिन आग्रह गर्नुका साथै, कुनै पनि प्रभावित व्यक्तिलाई सधैं संस्थाबाट सहयोग गरिने प्रतिबद्धता जनाउनु भएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय