टोखास्थित ग्राण्डी अस्पताल नजिकैको सडकबाट खसेर विष्णुमती खोलाले बगाएको कारबाट प्रहरीले एक महिललाई उद्धार गरेको छ। गएराति ग्राण्डीबाट बानियाटारसम्म बगाएको बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भई टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरेको हो।प्रहरीका अनुसार कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए। चालक आफैँ कारबाट निस्केर बाहिर आएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय