
मकवानपुर । बीपी राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
नमोबुद्ध नगरपालिका बिस किलो (भकुन्डे)मा नार्केबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा।प्र। ०३/०२/००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३५७८ नम्बरको स्कुटरमा पछाडि सवार पूर्व मेयर शर्मा गम्भीर घाइते भएका हुन् । स्कुटर चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा अर्का स्कुटर चालक दोलखा मेलुङ घर भई हाल काभ्रे रोशी(८ वस्ने निमा तेम्वा थोकर सामान्य घाइते भएका छन् । उनको मेथिनकोट अस्पताल भकुन्डेबेसीमा उपचार भइरहेको छ ।