काठमाडौँ, साउन १० – त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकायका चार वटा केन्द्रीय विभागमा गरिएको ‘शुल्क शोषण’ विरुद्ध अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिले शान्तिपूर्ण धर्ना सुरु गरेको छ।

धर्नामा सहभागी विद्यार्थीहरुले “शिक्षा बेच्ने होइन, बाँड्ने हो” भन्ने नारासहित Self-Funded कार्यक्रम अन्तर्गत रहेका विभागहरू — International Relations & Diplomacy (IRD), Conflict Peace & Development Studies (CPDS), Social Work र Gender Studies — लाई केन्द्रीय विभागमा गाभिएपछि पनि पुरानै (Private) शुल्क असुल्दै आएकोप्रति आपत्ति जनाएका छन्।

शैक्षिक मापदण्ड अनुसार, जब कुनै Self-Funded कार्यक्रम केन्द्रीय विभागमा गाभिन्छ, त्यसपछि सम्बन्धित विभागको शुल्क केन्द्रीय विभागको मापदण्ड अनुसार घट्नुपर्ने हुन्छ। तर विश्वविद्यालय प्रशासनले त्यस्तो नगरेर Private कार्यक्रमअनुसारकै शुल्क लिएको आरोप आन्दोलनरत विद्यार्थीहरुले लगाएका छन्।

विद्यार्थीको उक्त आन्दोलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटा समेत सहभागी भएका थिए। उनले भने, “यदि तुरुन्त विद्यार्थीका जायज मागहरु सम्बोधन भएनन् भने सिंगो संगठन नै आन्दोलनमा उत्रनेछ र शैक्षिक माफियाको खरानी बनाउनेछ।”

धर्ना कार्यक्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्ना हातमा प्लेकार्ड बोकेर शुल्क घटाउनुपर्ने मागसहित विभिन्न नारा प्रदर्शन गरेका थिए।

मुख्य मागहरू:

IRD, CPDS, Social Work, Gender Studies मा शुल्क कटौती

Self-Funded कार्यक्रमहरूमा शैक्षिक मापदण्डअनुसार पारदर्शिता

विद्यार्थीमाथि भइरहेको आर्थिक शोषण तत्काल अन्त्य

अखिल (क्रान्तिकारी) ले उक्त आन्दोलनलाई चरणबद्ध ढंगले अघि बढाउने बताएको छ र माग पुरा नभए थप कडा आन्दोलनको तयारी भइरहेको जनाएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय