
सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिनलायक कर्मचारी यस वर्ष भेटेन । त्यसैले निजामती सेवा दिवसको अवसरमा पुरस्कार पाउने कर्मचारीहरुको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन । सरकारले भदौ २२ गतेको दिन मनाइने निजामती सेवा दिवसको उपलक्ष्यमा एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार दिने गर्दथ्यो । पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि यस वर्ष पुरस्कार घोषणा नगरिएको बताए । तर त्यसको कारण खुलाउन भने उनले चाहेनन् । पोहोरसाल छनोट गरिएका कर्मचारीहरुलाई भने उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको हातबाट यस वर्ष पुरस्कार वितरण गरिएको छ