आज बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले काठमाडौं उपत्यकासहित बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन मौसमविद झाले अनुरोध गरेका छन्। भोलिदेखि भने मौसममा सुधार आउनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय