अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।

उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुन भने बाँकी छ।
मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।

उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको करछलिका विषयमा मत‍भेद भएपछि अर्थसचिवबाट राजीनामा दिएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय