इजरायली सरकारले हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएको छ। इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका हुन ।
आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै यो जानकारी दिएको इजरायल स्थित नेपाली राजदुतावासले जनाएको छ।






