स्थानीय प्रशासनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र- ४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न भनेको छ।
यो सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो।
कागबेनी-मुक्तिनाथ सडकको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान अनुरोध गरेको उनको भनाइ छ।
मुस्ताङमा यो यामकै पहिलो हिमपात
मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ-२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ।
मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ पाँच–छ इञ्चजति जमेको अवस्था छ’, उनले भने, ‘जमिन तातो भएकाले जम्न सकेको छैन। यही रफ्तारमा हिउँ पर्ने क्रम केही भएमा दुई फिटसम्म हिउँ जम्छ।’ हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने बताए। यो यामको कात्तिकमै हिउँ परेकाले स्याउलगायत अन्नबालीलाई फाइदा पुगेको वडाध्यक्ष गुरुङले बताए।






