काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्।
टस जितेर पहिला ब्याटिङमा आएको नेपालका लागि कप्तान पौडेलले ४७ औं ओभरमा शतक पूरा गरेका हुन्। १ सय २६ औं बलमा उनले ५ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरे।
उनको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२१ मा पपुवान्यूगिनि (पीएनजी) विरुद्ध शतक प्रहार गरेका थिए।






