“प्रचण्ड–माधव गठबन्धन: अबको चुनाव चिन्ह ‘तारा’ ! आठ कम्युनिष्ट पार्टी एउटै झण्डामुनि”
काठमाडौं, कात्तिक १६ – नेपालका ठूला दुई कम्युनिष्ट शक्ति — नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ कम्युनिष्ट दलले ऐतिहासिक एकता गर्दै नयाँ राजनीतिक समीकरण जन्माएका छन्।
पेरिसडाँडामा भएको निर्णायक छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित आठ दलका शीर्ष नेताले सहमतिपत्रमा हस्ताक्षर गर्दै नयाँ पार्टीको चुनाव चिन्ह ‘तारा’ रहने घोषणा गरेका हुन्।
सहमति अनुसार राष्ट्रिय एकता महाधिवेशन कात्तिक १९ गते गरिने छ। यस एकताले विगतका विभाजित कम्युनिष्ट शक्तिहरू पुनः एउटै प्लेटफर्ममा ल्याएको मानिएको छ।
हस्ताक्षरकर्तामा सुवासराज काफ्ले, महेन्द्र राय यादव, चिरन पुन, राजु कार्की, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंह पनि सामेल छन्।
राजनीतिक वृत्तमा यो कदमलाई २०८१ को सत्ता समीकरण र आगामी निर्वाचनको खेल बदल्ने संकेतका रूपमा हेरिएको छ।






