आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।
खराब सुरूवात गरेको नेपालका ओपनर २ रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ उकास्न खोजे। तर १८औं ओभरमा आसिफ ३४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगे। आसिफले ४८ बलमा ४ चौका प्रहार गरे। आसिफ र भीमबीच दोस्रो विकेटका लगि ७४ रनको सोझेदारी भयो।

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बटुले। आरिफ आउट भएको अर्को ओभरमा करण केसी खाता नै नखोली पेभिलियन फर्किए।
जारी सिरिजमा नेपाल जितविहीन छ। आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय