२८ कात्तिक, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी सदस्यता त्यागेका छन्। परियारले औपचारिक रूपमा राजीनामा दिएसँगै आफूले अब नयाँ अभियान सुरु गर्ने तयारी गरेको बताएका छन्।

परियारका अनुसार, पार्टीभित्रका केही निर्णय प्रक्रिया, आन्तरिक कार्यशैली र आफ्नो भूमिकासम्बन्धी निरन्तर उठिरहेको प्रश्नका कारण उनले नयाँ बाटो समात्ने निर्णय गरेका हुन्। परियारले भने, “समयले नयाँ मार्ग खोज्न बाध्य बनायो। अब केही फरक सोच र कार्यशैलीसहित जनतासँग प्रत्यक्ष रूपमा जोडिने अभियान सुरु गर्छु।”

उनी लामो समयदेखि रास्वपाभित्र सक्रिय भई विभिन्न जिम्मेवारीमा रहेका थिए। तर पछिल्ला दिनमा पार्टी नेतृत्वसंग केही विषयमा असहमति र संवादहिनता बढ्दै गएको बताइन्छ।

परियारले दिएको राजीनामाले पार्टीभित्र पुनः आन्तरिक समीकरणको चर्चा चुलिएको छ। रास्वपा नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया अझै सार्वजनिक गरेको छैन।

परियारले सुरु गर्न लागेको नयाँ अभियानबारे विस्तृत योजना सार्वजनिक भइनसकेको भए पनि उनी छिट्टै प्रेस सम्मेलनमार्फत आफ्नो आगामी राजनीतिक यात्राबारे जानकारी दिने तयारीमा रहेको स्रोतहरूले जनाएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय