१० पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।
सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’ त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?,’ उनलाई प्रश्न गरिएको थियो ।
जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’






