काठमाडौं : फिफा विश्वकपमा स्वीडेनले ट्युनिसियाविरुद्ध ५–१ को शानदार जित निकालेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियमा भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो।
यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन्। अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे।
भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे।
स्विडेनले ट्युनेसियाको रक्षापंक्तिको कमजोरीमा ५९ मिनेटमा भिक्टर ग्योकेरेसले सजिलै गोल गरे। अलेक्जान्डर इसाकको पासमा उनले गोल गरेका हुन्। चौथो गोल गरेको म्याथिस स्भानबर्गको नाममा रह्यो। ८४ मिनेटमा उनले गरेको गोलले मान्यता पाएन तर भारको मद्दतले गोलको निर्णय दिइएको हो।






