काठमाडौं :  मेक्सिकोले विश्वकप  फुटबलको इतिहासमा एक स्वर्णिम पाना थपेको छ।

घरेलु मैदान एस्टेका रंगशालामा भएको रोमाञ्चक खेलमा इक्वेडरलाई २–० ले पाखा लगाउँदै सह-आयोजक मेक्सिकोले विगत ४० वर्षमा पहिलो पटक विश्वकपको नकआउट खेल जित्दै अन्तिम १६ (Round of 16) मा आफ्नो स्थान सुरक्षित गरेको हो।

पहिलो हाफमा मेक्सिकोले देखाएको उत्कृष्ट र आक्रामक खेल नै जितको मुख्य आधार बन्यो। एस्टेका रंगशालामा मेक्सिकोको घरेलु दर्शकहरूको ठूलो र उत्साहजनक समर्थन  पाएको थियो ।

खेलको २२ औं मिनेटमा जुलियन क्विनोनेसले डि-बक्सको छेउबाट एउटा प्रहार गर्दै उत्कृष्ट गोल  मार्फत मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा इक्वेडरको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै स्टार स्ट्राइकर राउल जिमेनेजले गोल गरे। इक्वेडरका खेलाडीले ब्याक-पासमा गरेको कमजोरीलाई झट्टै नियन्त्रणमा लिँदै जिमेनेजले क्विनोनेससँग उत्कृष्ट ‘गिभ एन्ड गो’ को तालमेल मिलाए र एक शक्तिशाली प्रहार गर्दै बललाई जाली चुमाए।

मेक्सिकोले अब क्वाटरफाइनल प्रवेशका लागि इङ्ल्याण्ड र कंगोको विजेतासँग खेल्नेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय