काठमाडौँ : सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलता्बाट आमा तथा नवजात शिशुहरूलाई जोगाउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। यस्ता स्वास्थ्य समस्याहरूको न्यूनीकरण गर्ने दीर्घकालीन योजनाका साथ बैंकले यो सामाजिक कार्य अघि बढाएको हो।
यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँग समन्वय गरेको थियो। सो क्रममा देशैभरका एक हजार ५० गर्भवती तथा सुत्केरीलाई प्रत्यक्ष सेवा प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शिविरमा सहभागी महिलाहरूको दक्ष स्वास्थ्यकर्मीहरूद्वारा स्वास्थ्य जाँच गरिएको थियो।
हाल सानिमा बैंकले सातै प्रदेशमा रहेका आफ्ना १३४ वटा कार्यालयहरू र १२७ वटा एटीएम बुथमार्फत ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

oplus_140509218






