१२ साउन । काठमाडौ !
नेकपा (माओवादी केन्द्र) भिमसेन थापा गाउँपालिका सम्पर्क समन्य समितिको अधिवेसन सम्पन्न

भिमसेन थापा गाउँपालिका गोरखा – काठमाण्डौ सम्पर्क समन्वय समितिले आज राजधानिको नयाँबजार स्थित सम्राट पार्टी प्यालेसमा तेश्रो अधिवेसन सम्पन्न गरेको छ। राष्ट्रिय सभाका सदस्य ‘नेकपा माओवादी केन्द्रका केद्रिय सदस्य तथा केन्द्रिय समन्वय समितिका इन्चार्ज झक्कु प्रसाद सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त भेलाले प्रेम बरामको अध्यक्षतामा १९ सदस्यिय कार्यसमिति चयन गरेको छ। भेला आयोजक समितिका समापति तथा पूर्व अध्यक्ष सुकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य श्रीकृष्ण अधिकारी , गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज राम प्रसाद भन्तना, गोरखा काठमाण्डौ सम्पर्क समन्वय समितिका इन्चार्ज मुक्ति पोखरेल, भिमसेन थापा सम्पर्क समन्वय समितिका इन्चार्ज रामहरि श्रेष्ठ, पूर्व राज्यमन्त्री छम बहादुर गुरुङ, गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जारा, केन्द्रिय निर्वाचन समितिका सदस्य स्थिर प्रसाद खनाल लगायत माओवादी केन्द्रका प्रदेश, जिल्ला तथा स्थानिय नेताहरुले शुभकामना दिनुभएको थियो।

उक्त समितिमा अध्यक्ष प्रेम बराम, उपाध्यक्ष गणेश दुवाडी, सचिव नारायण लामिछाने, सह सचिव पुस्पा भट्टराई, कोषाध्यक्ष चन्डीका पाण्डे तथा सदस्यहरुमा कृष्ण भट्ट, डोल प्रसाद आचार्य, अमृत खनाल, रमेश सुर्खेती, रवि पोखरेल, सन्तोष वयलकोटी, कुमार श्रेष्ठ, विशाल दानकुटी, शेर बहादुर थापा, हिमलाल पाण्डे, सविता तिमल्सीना, प्रचण्ड अमगाई, भरत श्रेष्ठ, अविशेक श्रेष्ठ छन । पालिकाले सबै वडामा समेत अधिवेसन सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा ४४ जनाले रक्तदान समेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय