राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो बाचा र लक्ष्यअनुसार काम गर्नुपर्ने बताएका छन्। सरकारले काम नगरेमा वा बाटो बिराएमा राजनीतिक दलसँग सरकारलाई खबरदारी गर्दै सही दिशामा ल्याउने क्षमता सधैँ रहने उनको भनाइ छ।

लामिछानेले भने, “सरकारले आफ्नो बाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेन, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता राजनीतिक पार्टीले जहिले पनि राख्छ।”

उनले सरकार अहिले नै गलत बाटोमा पुगिसकेको अवस्था नरहेको स्पष्ट पार्दै त्यस्तो अवस्था आउन नदिने पनि बताए। यदि सरकार आफ्नो ‘लिक’ बाट बाहिर गएमा पुनः सही दिशामा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा आफूहरू अघि बढ्ने उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय