काठमाडौं । खाना पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा निगरानी बढाएको छ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो।

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर राख्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने लगायतका गतिविधि हुन सक्ने आशंकापछि प्रहरीले डिपोहरूमा निगरानी थालेको जनाइएको छ।

सरकारले उपभोक्तालाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउने तथा कालोबजारी, कृत्रिम अभाव र अवैध भण्डारण गर्ने गतिविधिमाथि कडाइ गर्ने तयारी गरेको छ।

सम्बन्धित निकायले ग्यासको आपूर्ति तथा बिक्री वितरणको अवस्थाबारे अनुगमन गर्दै दोषी भेटिएमा कानुनअनुसार कारबाही गर्ने जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय