काठमाण्डौँ :अविरल वर्षाका कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य निरन्तर जारी छ।
साउन ३० गते साँझ आएको उक्त पहिरोमा परी ५२ वर्षीय केदार कार्की, ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको मृत्यु भएको छ।
पहिरोमा परी घाइते भएका सात जनामध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
उद्धारका लागि साउन ३१ गते बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। पहिरोमा परी ७० वर्षीय भिम बहादुर कार्की र १४ वर्षीय हरिस विक अझै बेपत्ता रहेकाले विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी कार्य तीव्रताका साथ अघि बढाएको छ।
पहिरोका कारण स्थानीय ८ वटा घरमा ठूलो क्षति पुगेको छ। प्रहरी नायव उपरीक्षक एवं सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा उद्धार र राहतको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय