काठमाडौँ ।फ्रान्सको सर्वोच्च अदालतले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने नयाँ कानुन खारेज गरेको छ । उक्त प्रतिबन्धले बालबालिकाको अभिव्यक्ति तथा सञ्चारको स्वतन्त्रतामा अनुचित हस्तक्षेप गरेको अदालतको भनाइ छ ।

फ्रान्सेली सांसदहरूले जुलाईमा पारित गरेको यो कानुन लागू भएको भए फ्रान्स १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्ने पहिलो युरोपेली देश बन्ने थियो । बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै कानुन ल्याइएको थियो ।राष्ट्रपति इमानुएल म्याक्रोंले सेप्टेम्बरदेखि चरणबद्ध रूपमा प्रतिबन्ध लागू गर्ने प्रतिबद्धता जनाएका थिए । तर शुक्रबार संवैधानिक परिषद्को निर्णयपछि त्यो योजना रोकिएको छ । परिषद्ले कानुनको धारा १ ले १५ वर्षमुनिका बालबालिकाको अभिव्यक्ति तथा सञ्चार स्वतन्त्रतामा उचित, आवश्यक र समानुपातिक नभएको हस्तक्षेप गर्ने ठहर गरेको छ ।परिषद्ले सामाजिक सञ्जाल तथा अन्य अनलाइन सेवामा पहुँचका लागि उमेर प्रमाणित गर्नुपर्ने व्यवस्थाप्रति पनि चिन्ता व्यक्त गरेको छ । यस्तो व्यवस्थाका लागि आवश्यक कानुनी सुरक्षा पर्याप्त नभएको निष्कर्ष गरिएको छ । निर्णयपछि म्याक्रोंले प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई परिषद्का आपत्तिहरू समेटेर नयाँ विधेयक तयार गर्न निर्देशन दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय