स्ट्रेट अफ होर्मुजमाथि अमेरिकी नियन्त्रणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिमा इरानले कडा प्रतिक्रिया दिएको छ ।

इरानलाई पराजित गरेपछि अमेरिकाले हर्मुजलाई आफ्नो क्षेत्र घोषणा गर्ने ट्रम्पले भनेका थिए । यसको जवाफमा इरानी नेता इब्राहिम अजीजीले भने, ‘स्ट्रेट अफ होर्मुजलाई लिएर धम्की दिनुको सट्टा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सुरक्षाको बारेमा चिन्ता गर्नुपर्छ,’ । ‘यस्तो अवस्था नआओस् कि सुरक्षित रहन खानेकुरा ओसारपसार गर्ने ट्रकमा आश्रय लिन परोस्,’ अझ अगाडि उनले थपेका छन्

इरानलाई पूर्ण रूपमा पराजित गरेपछि होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने योजना बनाएको न्यूयोर्कमा एक कार्यक्रममा ट्रम्पले बताएका थिए । अमेरिकी नौसेनाले स्टे«लाई अहिले ठप्पै पारिरहेको दाबी पनि ट्रम्पले गरेका थिए । यो कथन अघि पनि दुई देशको अवस्था तनावग्रस्त भएको थियो ।  होर्मुज विश्व बजारमा कच्चा तेल, प्राकृतिक ग्यास र मल आपूर्ति गर्ने मुख्य जलमार्ग हो ।

जुलाईमा टर्कीमा नेटो शिखर सम्मेलन पछि अंकाराबाट फर्किने क्रममा ट्रम्पलाई सुरुमा ठुलो विमानमा चढेका थिए । तर यसको केही बेरपछि विमानभित्र खाना पुर्याउन प्रयोग हुने क्याटरिङ ट्रकबाट ट्रम्पले अर्को गोप्य विमान चढेर गएको खबर बाहिरिएको थियो । ट्रम्पले डिकोयको रुपमा प्रयोग गरेको विमानमा पत्रकारहरूको साथमा उनका केही शीर्ष मन्त्री पनि थिए । इरानले ज्यान मार्ने धम्की दिएपछि ट्रम्पको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय