नुवाकोटको बेलकोटगढी नगरपालिकाको संस्थापक मेयर राजेन्द्ररमण खनालको निधन भएको छ
खनाल एमाले नुवाकोटको उपाध्यक्ष समेत हुन । उनी २०७४ सालमा एमालेको तर्फबाट बेलकोटगढी नगरपालिकमा मेयर निर्वाचित भएका थिए । अर्बुद रोगबाट पीडित खनाल केही सयमदेखि सिल्भरलाइन अस्पताल बालाजुमा भर्ना भएर उपचार गराइरहेका थिए ।
खनाल साविक मदानपूर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी जिल्ला विकास समिति नूवाकोटको सदस्य समेत थिए । पछिल्लो पटक एमालेको बागमती प्रदेश कमिटीको सदस्यमा प्रतिस्पर्धा गरेका थिए त्यसमा पराजित भएपछि जिल्ला उपाध्यक्षमा निर्वाचन मार्फत विजयी भएका थिए ।
२०७९ को स्थानीय निर्वाचनमा खनाल २०७४ मा आफैँले पराजित गरेका जगत तामाङसँग पराजित भएका थिए । त्यस निर्वाचनमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए ।
खनालको आजै दिउँसो १ः३० बजे पशुपति अर्यघाटमा अन्त्येष्टि गरिने मैनालीले बताएका छन ।






