काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच साउन पहिलो साता भएको तीनबुँदे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको छ।

सहमति अनुसार नेकपाले प्रदेश सरकारमा चारवटा मन्त्रालय पाउने निश्चित भइसकेको छ। तर, कुन–कुन मन्त्रालय नेकपालाई दिने भन्ने विषय भने अहिलेसम्म गोप्य राखिएको छ।

स्रोतका अनुसार नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन मन्त्रालय र स्वास्थ्य वा कृषि मन्त्रालयमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना रहेको छ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएर सरकार छाडेपछि कांग्रेसले सम्हालेका मन्त्रालयहरू अहिले मुख्यमन्त्री कार्कीले नै सम्हालिरहेका छन्।

नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै अन्तिम टुंगो लागिसकेको छैन। स्रोतका अनुसार नेकपाबाट जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू, राजन किराँती र दुर्गा चापागाईंमध्ये केही नेताहरू मन्त्री बन्ने सम्भावना रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय