काठमाडौँ । मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेस गरिएका कागजातहरू फर्जी (नक्कली) रहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।

काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण गर्दा केही विदेशी चिकित्सकहरूले पेस गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाएको छ ।कागजातको आधिकारिकता यकिन नगरी दर्ता सिफारिस गर्ने सम्बन्धित स्वास्थ्य संस्था, आवेदक विदेशी चिकित्सक र उनीहरूलाई सनाखत गर्ने नेपाली चिकित्सकहरूसँग लिखित स्पष्टीकरण माग गर्दै आवश्यक बयानका लागि काउन्सिलमा उपस्थित गराउने निर्णयसमेत गरिएको छ ।यो घटनालाई गम्भीर रूपमा लिँदै काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकहरूको दर्ता अवस्था, कार्यस्थिति तथा व्यावसायिक गतिविधिको आवश्यक अनुसन्धान गर्न एक विशेष समिति गठन गरेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा विदेशी चिकित्सकहरूको योग्यता र पेसागत कागजातको पूर्ण प्रमाणिकता सुनिश्चित गर्न काउन्सिल प्रतिबद्ध रहेको जनाइएको छ।

साथै, अब उप्रान्त कुनै पनि मेडिकल तथा डेन्टल कलेज, प्रतिष्ठान वा अस्पतालले विदेशी चिकित्सकको दर्ताका लागि कागजातको सत्यता यकिन नगरी सिफारिस गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थाकै हुने सूचनामा उल्लेख छ ।

775279427_1042585518666778_1811273788306545644_n

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय