काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार, जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।






