बिहानी घामको सुनौलो किरण हिमालका ती सेता हिउँमा रिफ्लेक्ट भएझैँ मन र मस्तिष्कमा अनेकौं कुराहरु
तरङ्गित हुन्छन्। हरेक परिवारले आफ्नो सन्तान आफैसँग होस् र उनीहरूको प्रगति आफूले प्रत्यक्ष देख्न पाइयोस्
त्यो पनि आफ्नै देशमा भन्ने ठूलो अपेक्षा गरेका हुन्छन् र सोहीअनुसार आफ्नो क्षमता वा त्योभन्दा बढी
,सकि/नसकी शिक्षा दीक्षा प्रदान गर्न दत्तचित्त लागि परिरहन्छन्।

मैले नबुझेको कुरो चाहिँ यसरी शिक्षा आर्जन गर्ने क्रममा त्यो एउटा बालक माध्यमिक तहको शिक्षा उत्तीर्ण नहुँदै
किन विदेशिने भूमिको कुरा गर्न थाल्छ? खै उसको त्यो लहड हो कि, अरुको लैलही। फेरि विदेशिनु हुन्न भनेको
होइन है। हुन्छ,बकाइदाले हुन्छ तर कुरा कहाँनेर गम्भीर बनीदियो भने रोजगारीका लागि विदेश त्यो, पनि
त्यति सानो उमेरमा त्यो बालकको मस्तिष्कमा ?अनि हामी युवाहरुको मस्तिष्कमा त झन् यस्ता कुराहरुले
नसताउने कुरै भएन।

के +2 पछि सम्पूर्ण युवाहरू गुणस्तर शिक्षा हासिल गर्न विदेशिएका हुन् त? +2 पछि ब्याचलर जोइन भएका
युवाहरु किन विदेशिन खोजिरहेका छन्? के तिनीहरु पक्कै मास्टरको लागि विदेश दौडन लाग्या हुन् त? हामी
आफ्नो शैक्षिक योग्यता मजबुत पार्न विदेशी रहेका छौ कि रोजगारको लागि? कि त विदेशमा शिक्षाका साथै
रोजगार दुवै एकैचोटी मिल्ने भएर हो? के युवाहरू रोजगारका अवसरहरूको अभाव,आर्थिक स्थिति सुधार गर्ने
चाहना, शिक्षा र सीपको विकास, राजनीतिक अस्थिरता र विकासको अभाव, परिवार र समाजको दबाब,
भविष्यप्रतिको असुरक्षा भावना र जीवनस्तर सुधार गर्ने चाहना कै कारणले मात्र विदेशिएका हुन् त? यी सबै
कुरा नेपालमा किन सम्भव छैन? ल भन्नुस् मलाई एउटा ठूलो मेसिन, त्यो मेसिनको एउटा सानो नट खस्यो वा
हरायो भने के त्यो मेसिनले राम्ररी काम गर्ला त? हो ती ठूलाठूला कुराहरू त छर्लङ्ग देखिरहेका हुन्छन्।
हामीलाई त ती नदेखिने ससाना कुराहरुले अल्झाइरहेका हुन्छन् । हो यस्ता सासाना कुराहरुलाई पहिलो
प्राथमिकतामा राखेर यसको समाधान कसले गरिदिने ?हामी कहाँ कहाँ दौडिने यसको लागि? बनेको नीति
,नियम सिस्टम्याटिक रुपमा कहिले लागू हुने? हो यस्ता प्रश्नहरूले मन र मस्तिष्क ज्यादै गरुङ्गो र भारी
बनाउँछ।

यसको व्यावहारिक जवाफ मात्र नभई कार्यान्वयनमा ल्याउन कसले मद्दत गर्छ हामीलाई? के रोजगारबाट
अवकाश प्राप्त भएका र वृद्धबाआमाहरूका लागि मात्र स्वर्ग हो यो देश? के सरकारले काम गरिरहँदा पनि
नतिजा हासिल गर्न नसकेको हो कि हामीलाई त्यस्तो लागेको हो? कति सोध्ने एउटै प्रश्न? के हामीले सोधेका
प्रश्नहरू बुझिँदैनन्? कि ती प्रश्नहरूलाई त्यही पूर्णविराम लगाइन्छ? कि त अपलोड हुन टाइम लाग्छ? अनि
राज्यले त्रिभुवन विमानस्थलमा युवाहरूको घुइँचो हेर्दै निर्यात र आयात सामान्य कुरा हुन् भन्दै कहिलेसम्म
बस्ने????

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय