
माग २०, गाेरखा । हिमालय हब एडभेन्चर प्रा. लिमिटेले गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ३ स्थित तान्द्राङ मा रहेकाे श्री संस्कृत मा बि र श्री सरस्वती प्राथामिक बिधालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेको समन्वयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २०० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, आदि विद्यार्थीहरूलाई माग २० गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिक वडा न ३ का वडा अध्यक्ष श्री ऋषिराम लामिछाने, अतिथिहरू वडा सदस्य दिननाथ अधिकारी , श्री संस्कृत उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्षा स्थिर प्रसाद खनाल, श्री संस्कृत उच्च मा.वि कि प्राधानाध्यपक तारा कुमारी सुवेदी सभापतिकाे रूपमा रहनु भएको थियोे ।
साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय व्यक्ति र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे । वितरण कार्यक्रममा वडा अध्यक्ष ऋषि राम लामिछाने र प्रा.अ. सुवेदी ले इतिहासमा पहिलोपटक यसरी आफ्नो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई पढन सहयोग पुर्याउने उदेश्यका साथ हिमालयन हव संस्थाकाे माध्यामबाट आफ्नो विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेकाे भन्दै खुसि व्यक्त गर्नु भएको थियाे ।
साथै आगामी दिनमा गाउँपालिका, वडा र विद्यालयकाे तर्फबाट साथ सहयोग र सहकार्य गरेर कार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियोे । कार्यक्रममा बाेल्दै हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले संस्थाले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे । उहाँले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउदाे दिनमा पनि निरन्तर सहयाेग गर्ने वताउनु भएको थियोे ।
लामिछानेले भोलिका दिनमा पनि आफ्नो संस्थाले सहकार्य गरी गाउँ समाजलाई चाहिने सहयोग गर्नको लागि आफू तयार रहेको बताउनुभयो । साथै उक्त कार्यक्रममा भीमसेन थापा गाउँपालिका वार्ड नं ३ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत प्याकेज पनि उपलब्ध गराइएको थियो वितरण कार्य काे बिचमा वडा नं ३ मा रहेका स्थानिय क्लबहरू श्री लाेकतान्त्रिक क्लव र तान्द्राङ युवा क्लव लाई खेलकुद सामाग्रीहरू पनि वितरण गरिएकाे थियाे ।