गुल्मीमा माछा मारिरहेकी एक महिलालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । रेसुङ्गा नगरपालिका–१४ खोलाखेतस्थित छल्दीपनाहा खोलाले ती महिला बगाएको हो ।

पतिसँगै खोलामा माछा मारिरहेकी स्थानीय ५६ वर्षीया तुल्सी सूर्यवंशीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले खोजी गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय इन्द्रेगौडाबाट प्रहरी टोली खटिएर खोजी गरिरहेको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टर सुदीप नेपालीको कमान्डमा थप १० जनाको टोलीसमेत घटनास्थलतर्फ गएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय