प्रश्तावित संशोधनमा स्वास्थ्यकर्मीको भूमिका, बच्चाको उमेर र पूरक पदार्थको वैज्ञानिक परिभाषा, र आमाको दूध सङ्कलन तथा व्यवस्थापनसम्बन्धी नयाँ प्रावधान थपिएको छ ।
नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ बमोजिम मन्त्रालयको नाम र समितिका पदाधिकारीहरूको संरचनामा परिवर्तन गरिनेछ ।
सङ्घीय संरचनाअनुरूप प्रदेश र स्थानीय तहको भूमिकालाई समेत कानूनमा स्पष्ट पार्ने गरी विधेयक तयार गरिएको छ ।
‘विद्यमान कानूनलाई आधुनिक आवश्यकतासँग जोड्नु र बाल पोषणमा आमाको दूधको महत्वलाई स्थापित गर्नु नै यो संशोधनको मूल उद्देश्य हो,’ उनले भनिन् ।
यसका साथै, दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा देखिएका बेथिति रोक्न कसूर तथा सजायका व्यवस्थाहरूलाई समेत थप कडा बनाइएको छ ।
मन्त्री मेहताले विधेयकका दफावार छलफलका क्रममा सांसदहरूबाट आउने सल्लाह र सुझावलाई आत्मसात् गर्दै यसलाई पूर्णता दिने विश्वास व्यक्त गरिन् ।








