काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन मिति केही दिन सर्ने भएको छ। कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो।
एक शीर्ष पदाधिकारीका अनुसार बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिहरूको समस्यालाई ध्यानमा राख्दै केही दिन सार्न लागिएको हो।
‘महाधिवेशन केही दिन सर्नेछ। ५-६ दिनभन्दा बढी नसार्ने गरी कुरा भएको छ,’ उनले भने, ‘बाढि-पहिरोका कारण बाटोको समस्या छ । मान्छेका घर बगेको छ। बाटो बगेको छ। काठमाडौं आउने बाटो छैन । यो बेलामा मान्छेको ज्यान भन्दा कांग्रेसको अधिवेशन ठूलो हुँदैन।’
अहिले कांग्रेस अधिवेशन १९ गतेदेखि सुरु गर्ने कि २१ गतेदेखि भन्नेबारे नेताहरू छलफलमा छन्।








