काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् ।

विराटनगरले सोमबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो । ३२ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् ।

उनले समग्र टी-२० क्रिकेटमा ७४ खेल खेल्दा ११७७ रन बनाएका छन् । २९ विकेट पनि लिएका छन् ।

यसअघि विराटनगरले श्रीलंकाका चरिथ असलंकालाई अनुबन्ध गरिसकेको छ ।एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय