काठमाडौं । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘सार्क ट्यांक’ को सिजन-२ आगामी दसैंलगत्तै प्रसारण हुने भएको छ ।

सार्क ट्यांक सिजन-२ को प्रसारणबारे औपचारिक जानकारी दिन सोमबार काठमाडौंको पाँचतारे होटल एभरेस्टमा आयोजित पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले सिजन-१ भन्दा २ अझ धेरै ठूलो र अझ धेरै उत्कृष्ट बनेको जानकारी दिए ।

‘सिजन-१ भन्दा २ मा व्यापारको आकार पनि ६० देखि ६५ प्रतिशतले बढेको छ,’ भुसालले भने, ‘यसपालि यो शोमा सम्बद्ध सबैमा धेरै नै परिपक्वता देखिएको छ, स्टोरी टेलिङ, व्यापारिक मूल्यांकन सबै हिसाबले सिजन-२ ठूलो र उत्कृष्ट बनेको छ ।’

भुसालका अनुसार सिजन-२ मा ६० देखि ६५ पिचरले स्थान पाएका छन् । शो हिमालय टेलिभिजनमा सातामा दुई इपिसोड राति ८ बजे प्रसारण गरिने छ । साढे दुई महिनामा सिजन-२ समाप्त हुनेछ । सिजन-२ प्रसारण सुरु हुनासाथ सिजन-३ को तयारी चल्ने छ ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले चार वर्षअघि सार्क ट्यांक शो नेपाल ल्याउने प्रण गर्दाको क्षण अहिले सम्झिँदा भावुक हुने गरेको अनुभव सुनाए ।

‘नेपालभित्र मात्र होइन, नेपाल बाहिर पनि यो शोका लाखौं दर्शक छन्,’ कँडेलले भने, ‘सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको प्रस्ट छ ।’

सिजन-२ मा आबद्ध विभिन्न कम्पनी र हिमालय टेलिभिजनबीच प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय