काठमाडौं । नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ ।

आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम छैन । यसपटक प्रतियोगितामा स्कटल्यान्डले पनि खेल्दै छ ।

प्रतियोगितामा हङकङ, ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश छन् ।

अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ३ दिन हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा चल्ने प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तालिकासँग जुधेको छ ।

सोही कारण नेपाली टोली यसपटक सहभागी नहुने बुझिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसपटक सहभागिता कठिन देखिएको बताए ।

‘हाम्रो एनपीएल हुने समयमा हङकङ सिक्सेस हुने तय भएको छ यसपालि, टिम पठाउन कठिन देखिएको छ’ पारसले ने ।

नेपालले यसअघिका दुई संस्करणमा सहभागिता जनाएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय