धादिङको गजुरी गाउँपालिका-२ छहरेस्थित चालिसेमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा एकतर्फी यातायात सञ्चालनमा आएको छ।

नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजनाका अनुसार सडकमा खसेको पहिरो तथा ठूला ढुंगा हटाएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।

आयोजनाको पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार पहिरो खस्ने क्रम अझै जारी रहेकाले सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गराइएको छ। राजमार्ग पूर्ण रूपमा सहज बनाउन बाँकी पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय