काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी स्थानीय तहको निर्वाचनपछि गर्नेबारे नेताहरूबीच छलफल भएको छ । तर, टुंगो भने लागिनसकेको नेताहरूले बताएका छन् ।

गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने उल्लेख थियो ।

भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो ।

तर, यो कार्यतालिका अनुसार अधिवेशन र महाधिवेशन केन्द्रित कार्य हुन सकेन ।

यो विषयमा असोज ६ गते बसेको नेकपाको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकमा छलफल भएको थियो ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार दशैं अगाडि पार्टीको सचिवालय बैठक बस्नेछ । उक्त बैठकमा महाधिवेशनको मितिको विषयमा छलफल हुनेछ ।

‘अब दशैँ अगाडि सचिवालय बैठक हुन्छ । त्यो सचिवालय बैठकले संगठन सुदृढिकरण अभियानको कार्ययोजना अगाडि बढाउँछ । साथै, त्यहाँ महाधिवेशनको तालिकाको विषयमा पनि हुन्छ । त्यहाँबाट निर्णय हुन्छ,’ ज्वालाले अनलाइनखबरसँग भने ।

महाधिवेशनको मितिबारे छलफल हुँदा आगामी चुनावलाई समेत ख्याल गरिने उनको भनाइ छ । स्थानीय तहको चुनाव कहिले हुन्छ यकिन भएको छैन । तर पाँच वर्षे कार्याअवधि सकिन लागेको छ ।

स्थानीय तहको निर्वाचन यसअघि २०७९ वैशाख ३० गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदैछ ।

यो पृष्ठभूमिमा नेकपाको महाधिवेशन आगामी स्थानीय तहको निर्वाचनपछि गर्नेबारे छलफल भएको हो । नेकपाका प्रवक्ता ज्वाला भन्छन्, ‘स्थानीय चुनावलाइ समेत ध्यानमा राखेर महाधिवेशनका मिति तय हुन्छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय