काठमाडौँ । सेयर बजार परिसूचक २६ सय भन्दा तल झरेको छ । लामो समयदेखि २६ सय विन्दुको वरपर घुमिरहेको सेयर बजारमा पुनः दबाब देखिएको हो ।
आज बजार ४.८२ अङ्कले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ। बजार खुला भएसँगै केही उतारचढाव देखिएको बजार अन्त्यमा सामान्य अङ्कले घटेको हो ।दुई साताअघि बजार २६ सय भन्दा तल नै रहेको थियो । तर, सरकारले पुँजी बजार सुधारसम्बन्धी कार्ययोजना ल्याएसँगै बजार उचालिएको थियो । तर, अहिले बजार फेरि घट्दै पुरानै विन्दुमा ओर्लिएको हो ।परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने सामान्य देखिएको छ । बुधबार दिनभरिमा कुल ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएका छन् । बजारमा आज कुल १२ लाख ६५ हजार ३७४ कित्ता सेयर किनबेच भएका छन्।
आजको कारोबारमा सहभागी कुल ३५२ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ। साथै, १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
समूहगत रूपमा हेर्दा ट्रेडिङ क्षेत्रमा सुधार आउनु बाहेक अन्य क्षेत्रमा ठुलो उतारचढाव देखिएको छैन ।








