नेकपा नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आदेशअनुसार धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्।
यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाहील्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।








