काठमाडौँ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको छ ।

पौडेल मेनपावर व्यवसायी समेत हुन् । ठगी गरेको आरोपमा पक्राउ गरेपनि प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।‘काम मिलाइदिन्छु’ भनेर पौडेलले प्रलोभनमा पारेर ठग्न खोजेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले  बताए । उनले भने, ‘काम मिलाइदिन्छु भनेर ठग्न खोजेको केही प्रमाण भेटिएका छन्, हामी अनुसन्धान गर्दै छौँ ।’एसएसपी घिमिरेको अनुसार पौडेल सोमबारदेखि प्रहरीको हिरासतमा छन् । पौडेलले कसको नाम लिएर ठग्न खोजे भन्नेबारे घिमिरेले खुलाएनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय