काठमाडौं । नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्‌मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ अर्यालले सरकार महँगी नियन्त्रण गर्न र नागरिकलाई दैनिक जीवनमा राहत दिन चुकेको बताइन्। उनले सरकारलाई ठूला सपना बाँड्नुको सट्टा जनताका सामान्य आवश्यकता पूरा गर्नतर्फ केन्द्रित हुन आग्रह गरिन्।

‘हामी हिजो परिवर्तनको आन्दोलनका क्रममा जेल बसेर आएका मान्छे हौँ। साँचो बोल्दा जेल परिन्छ वा असुरक्षित भइन्छ भन्ने डरले हामी आफ्नो कर्तव्यबाट पछि हट्दैनौँ,’ अर्यालले भनिन्, ‘हामीले सरकारसँग ठूला उत्पात काम खोजेका छैनौँ। जनतालाई ठग्न भएन, राष्ट्रलाई कमजोर हुन दिन भएन। कम्तीमा जनतालाई ग्याँस उपलब्ध गराउनुस् र महँगी नियन्त्रण गर्नुहोस्। यति सामान्य काम पनि सरकारले गर्न सकेको छैन।’

दैनिक जीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकार चरम उदासिन बनेको भन्दै उनले प्रशासनिक तथा व्यवस्थापकीय क्षमता देखाउने मामिलामा नेतृत्व पूर्ण रूपमा चुकेको टिप्पणी गरिन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय